भखरै कैलालीमा मोटरसाइकल बचाउँदा बस पल्टियो, १० जना……

भखरै कैलालीमा मोटरसाइकल बचाउँदा बस पल्टियो, १० जना ….. कैलाली, साउन १४ ।  कैलालीको गौरिगंगा नगरपालिका-७ वनबेहडामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ

बिहान १० बजे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।  कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से१ख १६६१ नम्बर बस मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। एउटै दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल बचाउँदा अनियन्त्रित भएर बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक टेक जोराले बताए। – थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *