बुबाको किरिया छोरीले गर्ने कि काकाले ? आफ्नो बिचार अबस्य राख्नुहोला

शुक्रबार त्रिशुली नदीमा खसेर भएको कार दुर्घटनामा पोखराका पर्यटन व्यवसायी मधु सुवेदीको मृत्यु भयो । मधुका छोरा छैनन्, दुई छोरीमात्रै छन् । जिउँदो हुँदा मधुले भन्ने गरेका थिए, मेरा यी दुई छोरीहरु छोरासरह हुन्, म मरेपछि यिनै छोरीले किरिया गरे हुन्छ ।

तर, मधुको सपना पूरा भएन । संविधान र कानूनले छोराछोरीलाई समान हैसियत दिए पनि सामाजिक मान्यताले समान हैसियत दिएन । मधुकी छोरी ममताले छोरासरह आफ्ना पिताको काजकिरिया गर्न पाइनन् । छोराले पाउने हक छोरीमा हैन, काकातिर सर्‍यो ।

काका वा ठूलोबुबाहरु जिउँदै भए पनि छोराहरुले आफ्ना पिताको काजकिरिया गर्न निर्वाध रुपमा पाउँछन् । तर, छोरीको हकमा भने सामाजिक मान्यताअनुसार काका र ठूलोबुवा बाधक बनेका छन् । र, यही सामाजिक मान्यताकै कारण मधुको तेह्रदिने काजकिरिया घरमा छोरी हुँदाहुँदै काकाले गरेका छन् ।

मधुकी जेठी छोरी ममता कोरामा नगएकी होइनन् । तर, पण्डितले काका-भतिजी सँगै कोरामा बस्न नमिल्ने सुझाए । ठूलोबुबा एवं काकाहरुले पनि छोरी नै बस्ने भए हाम्रो के काम भन्दै उनलाई सम्झाए । पण्डित नन्दराम अधिकारीले काका किरिया बसिरहँदा भतिजी पनि सँगै बस्न नमिल्ने सामाजिक मान्यता बताएपछि ममता पछि हटिन् । उनी अहिले बेग्लै बसेर पिताको शोक मनाइरहेकी छिन् ।

पण्डित, ठूलोबुबा तथा काकाहरुले सँगै बसेर किरिया गर्न नमिल्ने बताएपछि ममता ढिकुरोमा नगई पोखरा महानगरपालिका ६ नारेश्वर लेकसाइडस्थित घरमै बसिरहेकी छिन् ।

तिमीहरुले नै हो मेरो किरिया गर्ने भनेर बुबाले भन्ने गरेको ममता सम्झिन्छिन् । बुबाको सोही वचनअनुसार उनी किरिया बस्ने तयारीमा थिइन् । तर, सामाजिक परम्पराले छेक्यो ।

बुबाको किरिया छोरीले गर्ने कि काकाले ? आफ्नो बिचार अबस्य राख्नुहोला

https://satyasamachar .com/2018/07/30/33251

Leave a Reply

Your email address will not be published. Required fields are marked *