तीन साता वित्दा पनि बालिकाको शव अस्पतालमै | – मृत आत्माले शान्ति पाओस…

काठमाण्डौ १८ चैत । काठमाण्डौ स्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडर्ताैलको घरमा मृत अवस्थामा भेटिएकी एक बालिकाको शव तीन साता देखि उठ्न सकेको छैन ।सिन्धुपाल्चोक

त्रिपुरासुन्दरी गाउँपालिका १ की १४ बर्षिया बालिका रिता थामी गत फागुन २६ गते शनिबार नक्साल भगवती बहाललस्थित गड्र्तौलको घरमा मृत भेटिएकी हुन् । मृतकका परिवार र आफन्तजनले

तलको भिडियो हेर्नुहोस

रिताको आत्महत्य नभई अन्य कारण हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानबिन नभए सम्म शव नबुझने बताएका छन् । अध्ययन र फरेनसिक विभागको पोस्मार्ट रिपोर्ट, घटनाकाे प्रकृति आपसमा बाझिएको कारण बालिकाको आत्महत्या नभई अन्य आशंका भएको कारणले शव नबुझेको आफन्तले बताएका छन् । बालिकाको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा राखिएको छ ।

घरधनी गर्तौलले प्रहरीलाई दिएको बयान र अस्पताललाई दिएको बयान फरक हुनु, झुन्डिएर मृत्यु भएकाे भनिएपनि प्रहरीलाई कुनै खबर नगरी शव अस्पतालमा पर्याउनु , झुन्डिने प्रक्रियामा संलग्न कारण पत्यारलाग्दो नहुनु र फरेनसिक विभागको रिपोर्टले प्रसस्त आशंका जन्माएको पीडित परिवारको भनाइ छ । विभिन्न घट्नाको अध्ययन गर्दा आत्महत्या भन्ने धेरै आधार नै छैन, कसरी झुन्डिएर मरेको मान्नु ? उनकी दिदी हिरा थामीले बताइन् ।

नाष्टमा पठाएको रिर्पोट समय वितिसक्दा पनि प्रहरीले नलिएको पीडित पक्षको गुनासो छ । मृत रिता थामी की दिदीले जानकारी दिए अनुसार उनीहरुलाई तिन देखि एक हप्ता भित्रमा सबै रिपोर्ट आउछ भनेका थिए तर प्रहरी चौकीमा जादा फलोअप नगरेको पाईएको थियो । घट्नापछि प्रहरीले गर्तौला दम्पत्तिलाई पक्राउ गरी एक दिन पछि धरौटिमा छाडेकाे थियाे ।

त्रिवि शिक्षण अस्पतालले गरेको पोष्टमार्टममा अनडिटरामाइन, झुन्डिएको भागमा निलडाम नभएको उल्लेख गरिएको छ ।यसबारे सिविन नेपालले अध्ययन गरिरहेको जनाएको छ । प्रहरीले सुरुमै जोहरी लिनै नमान्नु र पक्राउ गरेको भोलिपल्टै आरोपिलाई छोड्नुले कारबाही प्रक्रियामा शंका गर्ने ठाउ रहेको सिविनले जनाएको छ ।

महानगरीय प्रहरी टेकुका अनुसार नाष्टको रिपोर्ट आउन ढिला भएको जनाएको छ । दिदी हिरामायाका अनुसार “ घट्नाको १२ दिन अघि बालिकाले आफ्नी दिदी राममाया थामीलाई फोन गर्दा अाफूलाई घरधनीले गालि गरेको बताएकी थिइन् , काम गरिरहेकाे घरबाट फाेन गरेर गुनासाे सुनाउदा बालिकालाई गालि गर्ने हुनाले लुकेर अरुको फोनबाट कुरा गर्ने गरेको पनि उनले बताएकी थिइन् ।परिसरका डिएसपी मोहनकुमार थापाका अनुसार घटनाकाे प्रकृति शंकास्पद भएकाले थप परीक्षणहरु भइरहेको बताए । news-nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *