आज सोमबार नागदेवको दर्शन गरेर जान्नुहोस तपाइको आज

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ  हतारको निर्णयले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। साँझतिर अलमल र कमजोरीको समय देखिन्छ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो   दाजुभाइमा असमझदारी बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। साँझतिर भोगविलासमा मन रमाउनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह  बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने कूटनीतिक प्रयत्नले लक्ष्यमा पुर्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो   विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर भने परिवेश उल्लासमय रहे पनि मनको डरले सताउनेछ। मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि फाइदै हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु  चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्नाले आर्थिक क्रियाकलापमा बाधा हुनेछ। बिग्रिएको काम दोहोर्याउनुपर्ला। चुनौतीपूर्ण कामको दायित्व लिनाले दुस्ख पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै मानसम्मान पाइनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउनेछ। काम र समयको तालमेल नमिल्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *