धर्म आश्था आज नागपञ्चमीको दिन यी राशिलाई नागदेवताको कृपा : यसरी चम्किदैछ भाग्य

आज साउन ३० गते अर्थात १५ अगस्ट तारिखको दिन आज पवित्र नागपञ्चमी पर्वपनि हो । आज बिहान ७ बजेर ४५ मिनेटदेखि पञ्चमी तिथी शुरु हुन्छ । यद्यपी लाग्दो तिथी छोड्दो ब्रत भएकाले नागपञ्चमी पर्व भने भोली मनाइन्छ । यो दिन धेरै राशिमा नागदेवताको कृपा परेको छ । यसैले धेरैको दिन राम्रो छ । जान्नुहोस तपाईको आजको दिन कस्तो बित्नेछ । सुरु गरौ आजको राशिफल ।।।।

मेष
कला र सङ्गीतका प्रति झुकाव हुनेछ । वृद्ध नातेदारबाट धन प्राप्तिको योग रहेको छ । जीवन साझेदारको स्वास्थ्यमा समस्या हुन सक्छ। प्रेम सम्बन्धमा होसियारी अपनाउनुहोला । धन आर्जन गर्ने प्रसस्त सम्भावनाहरु बढ्नेछन् । नसोचेको धन प्राप्ति हुँदा आज मन खुशी हुनेछ ।

वृष
मन असान्त हुनेछ, धैयर्तामा कमी हुनेछ । सवारी साधन बढ्नेछ, आमाबाबुको भरपुर सहयोग मिल्ने देखिएको छ र परिवारमा खुशी मिल्नेछ । तपाईको दिन त्यति राम्रो छैन । तरपनि मेहनतको फल पाउने, पारीवारीक सुखभोग गर्न पाउने साथै भ्रमणको योग रहेकाले त्यति निरासा हुनुपर्नेभने छैन ।

मिथुन
आत्मकेन्द्रित हुनुहोस् आत्मविश्वास कम हुने देखिएको छ । कुनै धार्मिक स्थानमा पारिवारीक यात्रा हुन सक्छ । कल्पना नगरेको क्षेत्रमा खर्च वृद्धि हुनेछ। आर्थिक संकट झेल्नुपर्ला । नसोचेको व्यक्तिबाट धोका हुनसक्छ । अति विश्वास गरेको व्यक्तिबाट सचेत रहनुहोला । खानपानमा विशेष ध्यान दिनु स्वास्थ्यले त्यति राम्रो साथ नदेला ।

कर्कट
आत्मविश्वास बढ्नेछ। तर अत्यन्त उत्साह हुनदेखि बच्नुहोस। नसोचेको कुराहरुमा खर्च बढ्न सक्छ। मित्रहरूको सहयोग मिल्ने देखिएको छ । तपाईको दिन मध्यम छ । खर्च बढेपनि रोकिएर रहेका काम पुरा हुनेछ । आर्थिक आर्जन बढ्नेछ । कार्यालयमा तपाईको प्रशंसा बढ्नेछ । व्यापारीका लागि यो दिन अति राम्रो छ ।

सिहं
अत्यधिक खर्चको कारण तपाई दुःखी हुनुहुनेछ । यद्यपि, साथीहरूको सहयोगले, आय वृद्धिको योग देखिएको छ । सन्तान शुःखको योग पनि रहेको छ । समाजमा मान सम्मान बढ्नेछ । प्रियजनबाट धोका हुनसक्छ । सचेत रहनुहोला ।

कन्या
आत्मविश्वासमा दृढ रहनुहोस्। केहि पुराना साथीहरुसँग सम्पर्क गर्न सकिनेछ। मित्रको सहयोगले कामको अवसर पाउन सकिन्छ। रोकिएका काम पुरा हुनेछन् । असहयोग गर्नेहरु दाहिना हुनेछन् । नसोचेको फल प्राप्त हुनेछ । नाग देवताको आराधना गर्नु । प्रतिष्ठा बढ्नेछ ।

तुला
व्यवसाय विस्तार हुनेछ। व्यापारको लागि यात्रामा जान सक्नुहुनेछ । यात्रा लाभदायक हुनेछ। पारिवारिक जीवन सुन्दर हुनेछ। आर्थिक आर्जन हुनेछ । पुरानो धन उठ्नेछ । नयाँ प्रेम सम्बन्ध सुरु हुने योग छ । बैबाहिक सम्बन्ध झनै प्रगाढ बनेर जाला ।

वृश्चिक
तपाँइको बोलिमा नरमता हुनेछ, तर स्वभावमा केही तनाव उत्पन्न हुन सक्छ। कुनै साथीको आगमन हुन सक्छ। अरुका लागि काम गर्दा क्षति धेरै हुनेछ । धन हानी हुने योग छ । यात्रा गर्दा ख्याल गर्नुहोला । दुर्घटनाको सम्भावना छ ।

धनु
आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। स्वभाव चिन्तित हुनेछ। पारिवारिक सहयोग उपलब्ध हुनेछ। अधिक खर्च हुन सक्छ । प्रेम तथा परिवारीक सम्बन्धमा खटपट आउनेछ । चिन्ता बढ्ने साथै स्वास्थ्यमा गडवडी देखिन्छ ।

मकर
मन अशान्त हुनेछ। आमाबाबुको भरपुर सहयोग मिल्नेछ । केही पुराना साथीहरू भेट्न सकिन्छ । आयको नयाँ स्रोतहरूको विकास हुन सक्छ।

कुम्भ
पठकपाठनमा रुचि बढ्ने भएको छ । जागिर परिवर्तनको योग देखिएको छ । आयमा वृद्धि हुने देखिएको छ । कुनै ठाउँको यात्रामा जान सक्नुहुन्छ ।

मीन
धैर्यतामा कमी हुनेछ। आत्मकेन्द्रित हुनुहोस् कुराकानीमा सन्तुलन राख्नुहोस्। जीवन साझेदारसँग मतभेद हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *