आजकल पुरुष र महिला दुबैले ‘टेष्ट’ फेरिरहन चाहन्छन्, अनि किन नहोस् डिभोर्स ?

पुरुष फगत एक स्त्रीबाट मात्र सन्तुष्ट रहन सक्दैन । अनि स्त्रीहरु पनि पुरुषको बासी अँगालोमा मात्र सुखी रहन सक्दैनन् । दुबैलाई टेस्ट फेरिरहन मन लाग्छ ।

मसँग कोही सहमत हुनेछैनन्, तैपनि भन्छु ।

अचेल मेरा धेरै पत्रकार र कलाकार मित्रहरु छन्, जो धमाधम डिभोर्स गरिरहेका छन् । अस्ती कुन चाँहि कलाकार मित्रको डिभोर्स भो रे भन्ने सुनें । झन अस्ती एकजना पत्रकार साथीको डिभोर्स भो रे । झन अस्ती एकजना व्यापारीको डिभोर्स भो रे ।

यस्तो किन भइरहेको छ ? भनेर गम्दा मलाई लाग्यो, सम्बन्ध भनेको बोझ हुनुहुन्न, सँगै बसेरभन्दा यदि अलग भएर जीवन सहज हुन्छ भने अलग हुनु नै राम्रो हो ।

मलाई कहिलेकाँही लाग्छ, यो ‘विवाह’ भन्ने जुन सँस्था छ, यसको परम्परागत मान्यता र संस्कार नै गलत छ । एक पुरुष र एक महिलामा मात्र सीमित जोडीको जृुन परम्परागत मान्यता छ, त्यसमै खोट छ । जैविक स्वभावसँग त्यसको कुनै तादात्म्य नै छैन । कुनै पनि पुरुष फगत एक स्त्रीबाट मात्र सन्तुष्ट रहन सक्दैन । अनि स्त्रीहरु पनि पुरुषको बासी अँगालोमा मात्र सुखी रहन सक्दैनन् । दुबैलाई टेस्ट फेरिरहन मन लाग्छ । यो जैविक स्वभाव हो । तर, हाम्रो मुल्य, मान्यता र संस्कारले यसलाई ‘व्यभिचार’ भनिदिन्छ । अनि त्यसपछि बन्धन र संकुचन सुरु हुन्छ । अनि सुरु हुन्छ, गृह कलह । यौनमै समस्या आएपछि सम्बन्धका अन्य आयामहरुमा पनि समस्या देखिँदै जान्छन् ।

यो यौनको विषय आपसी सन्तुष्टिमा मात्र निहीत छैन । आफ्नो साथी (पुरुष या महिला) अरु कसैसँग सम्बन्ध बनाउन थाल्यो भने पनि त्यसले आपसमा इश्र्या जन्माउन थाल्छ । यो झन खतरनाक हुन्छ । दुबै इमानदार छन् भने पनि शँकाकै भरमा यौन इश्र्या बढदै जान्छ र ओथेलो सिन्ड्रोम (सेक्सपियरको ओथेलो नाटकमा आफ्नी प्रेमिका अरु कसैसँग सल्केको शंकाकै भरमा इश्र्यालु पुरुषले प्रेमिकाको हत्या नै गरिदिन्छ) देखा पर्नसक्छ ।

यौन सन्तुलनको अभावमा दाम्पत्य जीवनमा दरार आउन थाल्छ । प्रेम र विश्वासको कमी हुन थाल्छ र त्यो डिभोर्ससम्म पुग्नसक्छ ।

यौन सन्तुलनको अभावमा दाम्पत्य जीवनमा दरार आउन थाल्छ । प्रेम र विश्वासको कमी हुन थाल्छ र त्यो डिभोर्ससम्म पुग्नसक्छ । अथवा, अरु कुनै कारणबाट सुरु भएको खटपटले अन्ततः यौन सम्बन्धमा असर पार्छ र त्यसपछि सम्बन्ध झन खराब हुन्छ ।

यसकारण यो कुनै एक जोडी या परिवारको मात्र समस्या हैन । अहिलेको समग्र मानव समाजमा दाम्पत्य जिवन बास्तवमा बोझ हो कि बरदान हो ? भन्ने अन्यौल कायमै छ । यो विस्तारै बोझ बन्दै गएको छ ।

सरकारले शहरमा रसीक सेन्टरहरु खोल्ने अनुमती देओस् । यौन सुखबाट कुन्ठित मानिस अर्की श्रीमती नै ल्याउनेतिर नलागी केही क्षण त्यतै भुलोस् र यौनको भँडास सकिएपछि लुरुक्क घरमा श्रीमतीकै काखमा फर्कियोस् । मेनेज गरे के हुन्न ?

मानिसहरुबीचको सम्बन्ध, त्यसमा पनि महिला र पुरुषबीचको सम्बन्धलाई प्रेममय बनाउने पद्धति भनेको स्वच्छन्द जीवन नै हो । विवाहित स्त्री र पुरुषले एक अर्कालाई स्वतन्त्र छाडिदिने, एकले अर्कालाई सम्पत्ति नठान्ने, दुबैको गोपनियताको सम्मान गर्ने, पति र पत्नीवीच केही विषयमा दुरी पनि कायम हुने हो भने सम्बन्ध अली उन्नत हुन्थ्यो कि ? यसका लागि सोचमै बदलाव ल्याउनुपर्छ ।

कुनै पुरुषले बाहिर कुनै अर्की स्त्रीसँग सहमतिमै सम्बन्ध गाँस्यो भने त्यसलाई घरका श्रीमतीले इश्यु नबनाउने, श्रीमतीले पनि कुनै पर पुरुषसँग त्यसखालको रिलेशन गाँसिन भने पतिले झगडा नगर्ने, समझदारीमा दुबै कसरी हुन्छ खुशी हुने उपाय अपनाउन हामीलाई हाम्रो परम्परागत मूल्य र मान्यताले पटक्कै दिँदैन । तर, यसो नगरेसम्म अब यो विवाह भन्ने संस्थाको चार्मिङ या महत्ता म देख्दिन ।

खुलेरै भन्ने हो भने जो जसरी खुशी रहनसक्छ, खुशी हुने समझदारी बनाउनुपर्छ जस्तो मलाई लाग्छ । सरकारले पनि कानूनी मान्यता दिएर शहरमा रसीक सेन्टरहरु खोल्ने अनुमती देओस् । यौन सुखबाट कुन्ठित मानिस अर्की श्रीमती नै ल्याउनेतिर नलागी केही क्षण त्यतै भुलोस् र यौनको भँडास सकिएपछि लुरुक्क घरमा श्रीमतीकै काखमा फर्कियोस् । मेनेज गरे के हुन्न ?

मैले भन्न खोजेको के भने, अब हामी अली उदार र खुला हुने बेला आयो । यो दाम्पत्यको साँघुरो गल्लीले स्वच्छन्दताको अक्सीजन खोजेको धेरै भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *