नेपाली युवालाई ठग्न युक्रेनबाटै नेपालमा

३० साउन, काठमाडौं । वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् ।

पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् । पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिसामा पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *