Day: August 9, 2018

बाइपास सडकका खाल्डाखुल्डी पुर्दै वीरगञ्ज महानगर

August 9, 2018

२४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका अधिकांश सडक जीर्ण अवस्थामा छ । जनप्रतिनीधि आइसकेको अवस्थामा पनि सडकहरु जीर्ण रहँदै आएका छन् । सडकमा रहेका खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिम बढ्नुको साथै सवारी साधनको मर्मत खर्च पनि बढी निस्कने गरेको छ । देशकै मुख्य प्रवेशद्वार एवं आर्थिक नगरीको रुपमा पहिचान बनाएपनि वीरगञ्जको सडकको अवस्था जर्जर देखिन्छ । […]

Read More

ज्यान लिने वन्यजन्तु संरक्षण गर्दै चितवनबासी

August 9, 2018

२४ साउन, चितवन । नजिकको राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी भरतपुर महानगरपालिका २५ कि २५ वर्षीया सुशीला डुम्रेलाई बाघले आक्रमण गर्‍याे । सुशीलालाई खाँदै गरेको बाघलाई आठवटा हात्तीको सहायताले धपाउन खोज्दा पनि भागेन । अन्तिममा केही उपाय नलागेपछि निकुञ्जका प्राविधिकहरुले बाघलाई डाट गरेर नियन्त्रणमा लिए र खोरमा थुनेर राखे । चालु आर्थिक वर्षमा […]

Read More

लम्की बजारको गुट्खा उद्योगमा बम विष्फोट

August 9, 2018

२४ साउन, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूले सकेट बम विष्फोट गराएको छ । बिहीबार विहान करिब ५ बजेको समयमा उद्योगको गेट नजिकै बम विष्फोट भएको हो । ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीय त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य […]

Read More

गृहमन्त्रीलाई अपराध महाशाखाको ब्रिफिङ – इन्काउन्टर भएकै हो

August 9, 2018

२४ साउन, काठमाडौं । भक्तपुर इन्काउन्टर प्रकरणबारे महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई विहीबार औपचारिक ब्रिफिङ गरेको छ । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे बि्रफिङ गरेको हो । स्रोतका अनुसार सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटना वास्तविक भएको बताएका छन् । ‘बाहिर प्रचार गरिएको जस्तो फेक घटना […]

Read More

दाइजो मागे ३ वर्ष, बहुविवाह गरे ५ वर्ष जेल

August 9, 2018

२४ साउन, काठमाडौं । नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । तर यस्ता घटनाका दोषीलाई कारबाही गर्ने कडा कानुनी प्रावधान नहुँदा घटनामा कमी आउन सकेको थिएन । हालसम्म प्रचलनमा रहेको संहिता कानुन […]

Read More

देश बचाउन सके पहिचानसहितको संघीयता आएरै छाड्छ: देव गुरुङ

August 9, 2018

२४ साउन, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश बचाउन सके पहिचानसहितको संघीयता एकदिन आएरै छाड्ने दाबी गरेका छन् । २४ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कास्कीले विहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिले विदेशीहरुले नेपालमाथि षडयन्त्र गरेर आन्तरिक लडाईं मच्चाएर […]

Read More

जनप्रतिनिधिलाई पार्टीमा कार्यकारी पद नदिने नेकपाको निर्णय

August 9, 2018

जनप्रतिनिधिलाई पार्टीमा कार्यकारी पद नदिने नेकपाको निर्णय अनलाइनखबर 0 प्रतिक्रिया 0 SHARES Facebook Twitter Email फाइल फोटो २४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले पार्टीमा कार्यकारी पद नपाउने भएका छन् । यद्यपि संघ र प्रदेशका सांसदहरुको हकमा प्रदेश कमिटीको नेतृत्व गर्न बन्देज लगाइएको छैन । बिहीबार बसेको सचिवालय बैठकले संघ र प्रदेशका […]

Read More

प्रदेश ५ को राजधानी र नाम जुराउन विशेष समिति गठन तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने

August 9, 2018

२४ साउन, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् । समितिले आगामी तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नामाकरणबारे अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन बुझाउनुपर्ने समय […]

Read More

सडक अनुगमनः माधव नेपालले ब्यंग्य हाने, मन्त्रीले जुत्ता टकटक्याए नालीभित्र पसेर मन्त्रीले भने-सेटिङ मिलेको रहेनछ

August 9, 2018

२४ साउन, काठमाडौं । चाबाहिल-जोरपाटी-साखुँ सडकको दुर्दशाका थुप्रै कथाहरु बने । कहिले स्थानीयले हिलाम्ये सडकमा धान रोपे त कहिले गाडी नै बन्द गरे । तर, समस्या ज्यूँका त्यूँ । अलि ठूलो पानी पर्‍यो भने सानोतिर डुंगा नै चलाउने मिल्ने गरी पानी जम्छ । मोटरसाइकल तथा स्कुटरमा यात्रा गरेकाहरु नलडेको दिन छैन । पैदलयात्रु र हृवीलचियरहरुमा […]

Read More

कर बढाएको विरोधमा नगरपालिकामा दलहरुको धर्ना

August 9, 2018

२४, साउन, चितवन । यहाँको रत्ननगर नगरपालिकाले कर वृद्धि गरेको विरोधमा नगरका सात राजनीतिक दलले बिहीबार धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीबाहेकका सात राजनीतिक दल कर वृद्धिको विरोधमा आन्दोलित बनेका छन् । चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत उनीहरुले विहीवार रत्ननगर नगरपालिकाको कर शाखा अगाडि करिव आधा घण्टा धर्ना दिएका हुन् । नेपाली कांग्रेसका नगर सभापति […]

Read More