Day: August 8, 2018

ट्रमा सेन्टरमा महिलाको मृत्यु, डाक्टरको लापरबाही भएको आफन्तको आरोप

August 8, 2018

२३ साउन, काठमाडौ । खुट्टाको उपचार गर्न पुगेकी एक महिलाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाही भन्दै कारबाहीको माग गरेका छन् । बारा घर भई हाल सिनामंगल बस्ने निवासी ६५ वर्षकी सावित्री सुवेदीको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाही भन्दै कारबाहीको माग गरेका हुन् । सावित्रीका छोरा मुकुन्द सुवेदीले उपचारमा डाक्टरको लापरबाही देखिएकाले संलग्न […]

Read More

भन्सार छलेर ल्याउँदै गरेको हार्डवयर र कपडा बरामद

August 8, 2018

२३ साउन, कैलाली । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढी (तत्कालीन सीमा सुरक्षा कार्यालय) को टोलीले भन्सार छलेर ल्याउदै गरेका हार्डवेयर तथा कपडाहरु बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट भन्सार छलेर ल्याउँदै गरेका उक्त समानहरु नियन्त्रणमा लिइएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद भट्टले जानकारी दिए । […]

Read More

रौतहटमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

August 8, 2018

२३ साउन, रौतहट । रौतहटमा भएका छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका र बौद्धिमाई नगरपालिकामा भएको घटनामा दुई जनाको मृत्यु भएको हो । इशनाथ नगरपालिका-९ डुमरीयास्थित सखुवा खोलामा डुब्दा १९ वर्षीया हसिना खातुनको मृत्यु भएको छ । बाख्रा चराउन गएकी खातुन हातमुख धुने क्रममा चिप्लिएर खोलामा डुबेकी थिइन । खोलामा डुबेर […]

Read More

महिला तथा बालबालिका कार्यालय महानगरलाई हस्तान्तरण

August 8, 2018

२३ साउन, पोखरा । जिल्ला समन्वय समिति कास्कीले महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार जिल्लामा नरहने भनिएका कार्यालयहरु स्थानिय तहलाई हस्तान्तरण गर्न दिइएअनुसार समन्वय समिति कास्कीले बुधबार एक औपचारिक कार्यक्रम गरेर महिला तथा बालबालिका कार्यालयमा रहेका सम्पूर्ण चल सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गरेको हो […]

Read More

पोखरामा खेलाडी छनोट र दशैं महोत्सव सँगसँगै

August 8, 2018

२३ साउन, पोखरा । आठौं खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न पोखरामा बृहत खेलकुद, मनोरञ्जन दशैं व्यापार महोत्सव आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिले नेपाल मेला महोत्सव संघसँग मिलेर खेलाडी छनोटका लागि आगामी असोज २ देखि १४ गतेसम्म खेलकुद प्रतियोगितासहित व्यापार महोत्सव पनि गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए […]

Read More

जाजरकोटका पहिरो पीडितलाई ७ लाख राहत हस्तान्तरण

August 8, 2018

२३ साउन, सुर्खेत । जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई राहात रकम हस्तान्तरण गरिएको छ । गत आइतबार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परी मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन जाजरकोटले राहत वितरण गरेको हो । जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले पीडित परिवारलाई जनही एक लाखको चेक हस्तान्तरण गरेका […]

Read More

छोरीको हत्या अभियोगमा बाबु आमासहित ४ जना पक्राउ

August 8, 2018

२३ साउन, वीरगञ्ज । छोरीको हत्या अभियोगमा बारामा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पि्रयंकाको बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी मिश्र, काका […]

Read More

पहिरो आएपछि मध्यरातमा गाउँलेको भागाभाग

August 8, 2018

२३, साउन, काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका १ रिठ्ठेका सन्तबहादुर नेपाली मंगलबार रातभर सुत्न सकेनन् । उनका छिमेकी डम्बर श्रेष्ठ भने बालबच्चा च्यापेर राति नै सुरक्षित चौर खोज्दै निस्किए । सन्तबहादुर र डम्बर मात्रै होइन्, यहाँका १५ परिवारलाई मंगलबार राति १० बजेपछि बाँचिन्छ भन्ने कुनै आशा थिएन । ‘हामी त अब बाच्यौं हाम्रा पशु चौपायाको […]

Read More

समाचार अपहरणकारी ईन्काउन्टरको छानविन गर्न मानव अधिकारको टोली खटियो फिल्डमा

August 8, 2018

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मुलुकमा पछिल्लो समय शान्ति, सुरक्षाको अवस्था अत्यन्तै नाजुक रहेको बताएका छन् । उनले भने,‘पछिल्लो समय अपराधका घट्नाहरु जताततै घटिरहेका छन् । जनताले शान्ति, सुरक्षाको अनुभुति गरिरहेका छैनन् ।’ पाठकले भक्तपुरमा हालै घटेको बालक निशान खड्काको हत्या र प्रहरी ईन्काउन्टरमा दुई युवा मारिएको घट्नाबारे आयोगले विशेष अनुशन्धान टोली […]

Read More

पाकिस्तानका इमरान खानलाई लेखेको चिठी भारतका इमरानलाई आएपछि…

August 8, 2018

पाकिस्तानले केही दिनमा नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई पाउँदैछ । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान इमरान खान प्रधानमन्त्री बन्ने पक्का भएपछि मानिसहरु सामाजिक सञ्जालमा आ–आफ्ना प्रतिक्रिया दिन व्यस्त छन् । यस्तो प्रतिक्रिया दिनेमा इमरान खानको पार्टी पीटीआईका समर्थकदेखि इमरानका खानलाई पछ्याउने विश्व समुदाय नै रहेको छ । इमरान खानका एक जना समर्थक इमरानलाई चिठी लेख्छन् […]

Read More