Author: admin

आज नागपञ्चमी ढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरिंदै

August 16, 2018

हिन्दू धर्मावलम्बीहरुले आज नागपञ्चमी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरेर मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । […]

Read More

किन रद्द गरे पोखरा र लुम्विनीको भ्रमण मोदीले ?

August 15, 2018

काठमाडौं, साउन ३० – लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी सुरक्षाको कारण देखाउदैं स्थगित गरिएको छ । भारतीय दूतावास र नेपाल सरकार भ्रमणको तयारीमा जुटिसकेका भए पनि अन्तिम समयमा आएर लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको दूतावासले जनाएको छ । भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री […]

Read More

नजरबन्दमा राखेको व्यक्तिबारे तत्कालै परिवारलाई जानकारी दिनुपर्ने

August 15, 2018

३० साउन, काठमाडौं । सरकारले नजरबन्दमा राखिएको व्यक्तिको अवस्थाबारे तत्काल परिवार वा नातेदारलाई जानकारी दिनुपर्ने भएको छ । बुधबार प्रतिनिधिसभाबाट पारित सार्वजनिक सुरक्षा ऐन (तेस्रो संशोधन) विधेयकमा नजरबन्दमा रहेको व्यक्तिको अवस्थाबारे परिवारलाई तत्काल जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि सार्वजनिक सुरक्षा ऐन २०४६ को दफा ३.१ क मा नजरबन्दमा रहेको व्यक्तिको स्थितिबारे परिवारका सदस्य […]

Read More

चीन: विश्वविद्यालयले गर्‍यो हाँसलाई भर्ती

August 15, 2018

चीनको एउटा सम्मानित विश्वविद्यालयले एउटा पानीहाँसलाई जागिर दिएको छ। वु नाम गरेकी एउटी महिलाले सामाजिक सञ्जाल सिना वेइबोमा घर सरेपछि आफूसँग भएको गुगु नाम गरेको हाँसलाई स्याहार गर्न नसक्ने भन्ने बेहोरोको सन्देश लेखेकी थिइन्। उनले शाङ्घाई म्यारिटाइम युनिभर्सिटीलाई सहयोग गर्न आग्रह पनि गरेकी थिइन्। सो विश्वविद्यालयले तत्कालै गुगुलाई भर्ती गर्ने भनेर आफ्नो आधिकारिक वेइबो खातामा […]

Read More

पूर्वमन्त्री बने स्कुल व्यवस्थापन समिति अध्यक्ष

August 15, 2018

३० साउन, सप्तरी । पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका छन् । उनी आफ्नै नगरपालिकास्थित चन्द्र नमुना माविको अध्यक्ष बनेका हुन् । बुधबार भएको अभिभावक भेलामा उनलाई अध्यक्षमा चयन गरेको विद्यालयले जनाएको छ । अहिले राजपाका केन्द्रीय उपाध्यक्षसमेत रहेका यादव प्रतिनिधिसभाको निर्वाचनमा राजपाबाट सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका […]

Read More

एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

August 15, 2018

३० साउन, काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ । जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पुगेको प्रहरी स्रोतले जनाएको हो । काठमाडौंका नवनियुक्त […]

Read More

दूध, दही बेचेर रक्सी खाने गाउँलेको बानी फेर्दै युवा

August 15, 2018

डोटी – दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ लाई बत्ति मुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नम्बर ९, सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ । थुप्रै सरकारी र गैर–सरकारी संस्थाहरुले लगानी गरे पनि त्यो ठाउँको अझै विकास हुन सकेको छैन । साविकको कलेना गाउँ विकास समितिका […]

Read More

एसियाली खेलकुदमा सहभागी हुन ७ करोड खर्च हुने

August 15, 2018

३० साउन, काठमाडौं । इन्डोनेसियामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने एसियाली खेलकुद -एसियाड) को १८ औं संस्करणमा सहभागिता जनाउन ७ करोड रुपैयाँ खर्च हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव केशवकुमार विष्टले सरकारले दिएको ५ करोड रुपैयाँ अपुग हुने भएकाले थप रकम मागेको बताए । ‘एसियाडको तयारी र […]

Read More

मोरङमा नेकपाको पद बाँडफाँटः अध्यक्ष पूर्वएमालेको भागमा, १८५ सदस्यीस्य समिति

August 15, 2018

३० साउन, विराटनगर । मोरङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पद बाँडफाँट टुंगिएको छ । केन्द्रमा पार्टी एकता भएको तीन महिनापछि मोरङ जिल्लाको नेतृत्वमा सहमति भएको हो । कार्यदलका सदस्य एवंम नेकपामा केन्द्रीय सदस्य गोपी आछामीका अनुसार अध्यक्ष पूर्वएमाले र सचिव पूर्वमाओवादी केन्द्रको भागमा परेको छ । यस्तै जिल्ला कमिटी १८५ सदस्यीय रहनेछ । कार्यदलको बैठकले […]

Read More

यस्तो छ धुर्मसले क्रिकेट मैदान बनाउने ठाउँ

August 15, 2018

३० साउन, चितवन । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनेको ठाउँ चितवनको भरतपुर महानगरपालिका १६ मा पर्छ । हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू)ले भोग चलन गरेको यो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको नाममा अझै पनि यहाँको जग्गा आएको छैन । स्वामित्व हस्तान्तरणमा आनाकानी गर्दै आएका […]

Read More